• बुधबार, साउन १३ २०८३

नेपाल आइपुग्यो अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप


सोमबार, असार २८ २०७८
560
Shares

काठमाडौं । अमेरिकाले उपलब्ध गराएको एक डोज मात्र लगाए हुने कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ ।

सोमबार बिहान १० बजे कतार एयरवेजको नियमित उडानमार्फत् जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सो खोप विमानस्थलमै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले हस्तान्तरण गरेका छन् ।

बेरीले अमेरिकाले नेपाललाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार