गोरखा । लामाे समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र दीपक मनाङेले ताेकिएका मन्त्रालयकाे जिम्मेवारी सम्हालेका छन् ।
गोरखा क्षेत्र नम्बर २ क का साँसद आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय सम्हालेका हुन भने मनाङेले तेस्राे पटक युवा तथा खेलकुद मन्त्री बनेका हुन । यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आएका थिए ।
यससँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मा पाइसकेका छन् ।