• बुधबार, साउन १३ २०८३

एमालेले अवरोध गरेपछि गण्डकी प्रदेश सभा बैठक स्थगित


आइतबार, असार २७ २०७८
810
Shares


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाएपछि गण्डकी प्रदेश सभा बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ ।

बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरी संसद आज आइतबार ११ बजेदेखि सुरु भएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले माननीय सदस्यहरु आजको बैठक सुरु हुन्छ भन्नासाथ एमाले सांसदहरु उठेका थिए । त्यसपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिए ।

बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बताए । उनले यो सरकार बन्दा पुँजीगत खर्च रोकिएको पनि सुनाए ।‘कति करोड रुपैयाँ वितरण गर्नुभयो ? के आधारमा योजना छनोट गरियो ? त्यो चाहियो, ’ बस्नेतले भने ।

पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएको भन्दै बस्नेतले कुनै पनि कानुनअनुसार सरकारले गरेको बजेट विनयोजन ठिक नभएको पनि बताए । त्यसपछि सभामुखले संसद १ बजेसम्मलाई स्थगित गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार