काठमाण्डाै । बकर इदकाे दिन त्रिभुवन विश्वविधालयले स्नातकतहको परिक्षा राखेकाे भन्दै नेपाल मुस्लिम संघले आपत्ती जनाएकाे छ ।
मुस्लिम समुदायकाे महान पर्व बकर इदका दिन समेत त्रिभुवन विश्वविद्यालय अनर्तगत परिक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको परिक्षा राख्नु गैरजिम्मेवार र आस्था माथीकाे प्रहार भएकाे भन्दै गम्भिर ध्यानाकर्षण भएकाे संघले जनाएकाे हाे ।
शनिबार एक प्रेश विज्ञप्ती जारी गर्दै संघका महासचिव मोख्तार अहमदले इस्लाम धर्मावलम्बीको धार्मिक, सांसकृतिक आस्थासंग गांसिएको महान चाडपर्व “इदुलअजहा” का दिन त्रिविले गैरजिम्मेवारीपन देखाएकाे आराेप लगाएका छन् ।
परिक्षा साउन ५ गतेदेखि सुरु हुने र इद सम्भवत ६ गते पर्ने भएकाले इदकाे दिन पर्ने सबै संकायका परिक्षा तत्काल परिक्षा सार्न समेत संघले आग्रह गरेकाे छ ।
साथै संघले आगामी दिनबाट परिक्षाकाे तालिका सबै समुदायकाे चाड पर्वलाई ध्यानमा राखेर प्रकाशित गर्न समेत अनुराेध गरेकाे छ ।
बर्षाैदेखि इद लगायतका पर्वमा सरकारले दिदै आएकाे सार्वजनिक विदा पनि वर्तमान संघीय सरकारले कटौती गरेर अलोकतान्त्रिक, असंवैधानिक कदम चालेकाे र आस्था माथी प्रहार गरेकाे भन्दै बिदा पुनः राजपत्रांकितमा नै स्थापित गराउन संघ घोषित अघोषित आन्दोलनमा नै रहेको विज्ञप्तीमा उल्लेख छ ।
साथै कटाैती भएका सम्पूर्ण जातजाती र धर्मावलम्बीहरुकाे विदालाई पुन: स्थापित गराउन समेत महासचिव अहमदद्धारा हस्ताक्षरित विज्ञप्तीमा माग गरिएकाे छ ।