• बुधबार, साउन १३ २०८३

‘अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन ’


आइतबार, असार २७ २०७८
645
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरूद्ध खोपको अभावले जनता तड्पिनु पर्ने अवस्था नआउने बताएका छन्।

केही समयअगाडि खोप अभाव हुन्छ कि जस्तो देखिए पनि अहिले खोप आउनेक्रम सुरू भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘भ्याक्सिन हामीले उपलब्ध गराएका छौं, भ्याक्सिन आइराख्या छ। हिजो कि अस्तीको दिन पनि भ्याक्सिन आयो,’ प्रधानमन्त्री ओलीले आज बिहान वीर अस्पतालको सर्जिकल भवन उद्घाटन गर्दै भने, ‘भोलि पनि भ्याक्सिन आउँछ। त्यसपछि पनि निरन्तर भ्याक्सिन आउँछन्। भ्याक्सिन ल्याउने र जनतालाई उपलब्ध गराउने र गतिसाथ सकेसम्म ठूलो संख्यालाई भ्याक्सिन उपलब्ध गराउने कुरामा अभाव हुन नदिन हामी नयाँनयाँ सम्झौताका लागि सहमतिका प्रयास गरिराखेका छौं।’

प्रधानमन्त्री ओलीले भ्याक्सिन ल्याउन संवादहरू जारी राखेको पनि बताए।

‘अब जनतामा सचेतनाको पनि मात्रा बढेको छ। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ध्यान दिनुपर्छ,’ उनले भने, ‘लगभग यस वर्षको अन्त्यमा भ्याक्सिन लगाएर सक्ने गरी प्रयास गर्दैछौं। अब भ्याक्सिन अभावबाट तड्पिनु पर्ने अवस्था आउँदैन।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार