• बुधबार, साउन १३ २०८३

गोरखामा पूर्व नेविसंघ पदाधिकारीकाे भेला, काँग्रेसलाई एक ढिक्का बनाउन आह्वान


आइतबार, असार २७ २०७८
575
Shares

गोरखा । गोरखामा नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारीहरु तथा नेपाली कांग्रेसका सातै प्रदेशका युवा नेताहरुको भेला सम्पन्न भएको छ ।

शनिबार जिल्ला सदमुकाममा भएको नेबिसंघका पूर्व पदाधिकारी तथा नेपाली काँग्रेसका सातै प्रदेशका प्रतिनिधिमुलक भेलाले ५ बुदे घोषणा पत्र जारी गर्दै भेला सम्पन्न गरेको हो ।

नेता गोबिन्द भट्टराई लगायतका कांग्रेस नेताहरुको उपस्थितीमा गोरखामा शनिबार भएको भेलाले आसन्न १४ औँ महाधिवेशन सम्पन्न गर्न तमाम युवाहरुलाई सक्रियताका साथ सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।

बृहत्त छलफल पछी सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न युवाहरुले आवश्यक पहल गर्ने निर्णय पनि भएको सहभागी एक नेबिसंघका नेताले जानकारी दिए ।

यता कोभिड १९ बाट प्रताडित जनतालाई सुरक्षित राख्न सरकार असक्षम रहेको ठहर गर्दे तत्कालै सम्पूर्ण नागरिकलाई भ्याक्सिनको ब्यवस्था गर्न सरकार संग जोडदार माग पनि गरेको छ ।

जेठको अन्तिम साता देखी देशको विभिन्न भागमा अति बृष्टीका कारण बाढी, पहिरोबाट पिडित जनताको तत्काल उचित बसोबासको ब्यवस्था सहित राहत प्रदान गर्न पनि भेलाले सरकार संग आग्रह गरेको छ ।

बैचारिक र राजनैतिक कार्यक्रममा युवाहरुको सहभागीता कम भएको भन्दै आगामी दिनमा नेपाली कांग्रेसमा युवाहरुलाई ब्यापाक रुपमा आवद्ध गराउने र बैचारिक र राजनितिक प्रशिक्षण गराउने निर्णय पनि भएको सहभागी एक काँग्रेस नेताले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार