• आइतबार, असोज ११ २०८३

जसपा विवाद निरुपण गर्न इजलास गठन


बुधबार, असार २३ २०७८
640
Shares

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा० को विवाद निरुपण गर्न इजलास गठन गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा गठन गरेको इजलासमा निर्वाचन आयुक्तहरु ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जवरा रहेका छन्।

बुधबार नै बसेको इजलासको बैठकले जसपा विवादमाथिको सुनुवाइका लागि आगामी साउन ३ गते बिहान ११ बजे दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार