• बुधबार, साउन १३ २०८३

निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको निवेदन


बुधबार, असार २३ २०७८
640
Shares

काठमाडौँ । पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।

बुधबार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरुले निवेदन दिएका हुन्।

माओवादी केन्द्र छोडेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतका २३ नेता छन्। उनीहरु केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले प्रवेश गरेका थिए।

माओवादी केन्द्र अवैधानिक रुपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको भन्दै दल खारेजी माग गर्दै बुधबार आयोगमा निवेदन दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएका उनीहरु सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्रलाई अलग अलग गरेपछि एमाले प्रवेश गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार