• आइतबार, असोज ११ २०८३

नेपाली नेताहरु आज सी चिनफिङसँगको भर्चुअल सम्मेलनमा सहभागी हुँदै


मंगलबार, असार २२ २०७८
770
Shares

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले विश्वका विभिन्न पार्टीका नेताहरुसँग गर्ने सम्मेलनमा नेपालका प्रमुख दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन्।

आज हुने भर्चुअल कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका डा। बाबुराम भट्टराई र उपेन्द्र यादव, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरालगायत सहभागी हुनेछन्।

सो कार्यक्रममा १ सय ६० भन्दा बढी देशका राजनीतिक दल तथा संगठनका ५ सय नेताहरु र राजनीतिक दलका करिब १० हजार प्रतिनिधिको सहभागिता रहने चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले सिन्ह्वालाई बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार