काठमाण्डौ । नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ ।
कार्यदलको बैठक सिंहदरबारमा दिउँसो एक बजे बस्ने तयारीमा छ । एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन । कार्यदलमा रहेका दुवै समूहका नेताहरुले एमालेको पार्टी एकताका लागि छलफल गर्दै आएका छन् । यसअघि हिजो कार्यदललाई ब्युँताउँदै औपचारिक बैठक बसेको थियो ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका २३ सदस्यलाई हिजो बेलुका पाँच बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिए पनि हस्ताक्षर फिर्ता भएको छैन ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबाट १० जना सदस्य सम्मिलित कार्यदल गठन गरिएको थियो ।
दश सदस्यीय कार्यदलमा एमालेको ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन ।