• बुधबार, साउन १३ २०८३

गण्डकीका मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला


सोमबार, असार २१ २०७८
845
Shares

पत्रकार भरत कोइराला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील कोइराला हाल आदर्श समाज दैनिकका सम्पादक छन्। उनले २०५८ सालमा अन्नपूर्ण पोस्टदेखि पत्रकारिता सुरु गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर उनी संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष पनि हुन्। कोइरालाले भद्रकाली मावि, कुँडहरमा पत्रकारिता अध्यापनसमेत गर्छन् ।

स्याङ्जाको पुतलीबजार १३ का स्थायी वासिन्दा कोइराला हाल पोखरा ११, फूलबारीमा बसोबास गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार