• आइतबार, असोज ११ २०८३

लुम्बिनी : राज्यमन्त्री सुमन शर्माले दिइन राजीनामा


शुक्रबार, असार १८ २०७८
1.1K
Shares

काठमाडौं । लुम्बिनी प्रदेशकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा दिएकी हुन।

जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार