काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी हुने भएका छन् ।
अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन नेताहरुलाई पत्र पठाएका छन् ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार सबैलाई नवौं महाधिवेशनबाट निर्वाचित पदीय हैसियत सम्बोधन गरेर पत्र पठाइएको छ ।
२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि गौतम तटस्थ बनेका छन्।
