नेकपा एमालेको माधवकुमार नेपाल समूह शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने भएका छन्।
सो समूहका स्थायी कमिटीका रहेका नेताहरुको बैठकले सो निर्णय गरेको हो।
‘कार्यदल मार्फत थप गृहकार्य गरेर बैठक राख्नु पर्ने छलफलमा निर्णय आएको छ’ एक नेताले भने, ‘त्यसका लागि भोलिका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक केही दिनपछि सार्नु पर्ने र भोलि नै बैठक आयोजना भए नजाने निर्णय भएको छ।’
आपसी छलफल नगरी बैठक बोलाएकाले शुक्रबारको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय गरिएको रघुजी पन्तले बताए।
कार्यदलमार्फत औपचारिक छलफल अघि बढाउनु पर्ने बताए।
दशौ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बुधबार भएको बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रति नेपाल पक्ष असन्तुष्ट रहँदै आएको छ।
उनीहरुले २०७५ जेठ २ का लागि कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।
तर बुधबारको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो।