गोरखा । गोरखामा क्रियाशिल चार विद्यार्थी संगठनले बुधबार साँझ विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको वर्तमान सरकारले असंबैधानिक काम गरेको भन्दै नेपाल विद्यार्थी सघं, अनेरास्वबियू, अनेरास्वबियू क्रान्तिकारी र समाजबादी विद्यार्थी युनियनले बुधबार साँझ राँके जुलुस निकालेका हुन ।
गोरखा नगरपालिका ६ बिपी चोकबाट सुरु भएको राँके जुलुस हरटारी चोकमा आएर बिरोध सभामा परिणत भएको थियो । विद्यार्थी संगठनहरुले प्रधानमन्त्री बिरुद्ध चर्का नाराबाजी गर्नुका साथै पुत्ला दहन समेत गरेका थिए । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जातिय विभेदलाई संरक्षण गरेको भन्दै तत्काल राजिना गराएर कारवाही गर्न विद्यार्थीहरुले माग गरेका छन् ।
जिल्लाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा पशु सेवा कार्यालयबाट खटिएका कर्मचारीलाई खोप लगाउन जाँदा जातीय विभेद गरी गाई/गोरुलाई छुन नदिने घटनाको बिरोध गर्दै विद्यार्थीहरुले दोषीलाई कारवाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।
कार्यक्रममा अनेरास्वबियूका जिल्ला अध्यक्ष सचिन भट्टराई, नेबिसंघका जिल्ला अध्यक्ष सुबास अधिकारी, अनेरास्वबियूका जिल्ला इन्चार्ज आर के भट्ट लगायतले कोण सभालाई संबोधन गरेका थिए । उनीहरुले कोरोना महामारीमा जनता मरिरहेका बेला सरकार सत्ता जोगाउने खेलमा मात्र लागेको आरोप लगाएका छन् । जनतालाई तत्काल खोपको ग्यारेन्टी गर्नु पर्ने उनीको माग छ ।