• बुधबार, साउन १३ २०८३

एमाले बैठकमा मागियो शिक्षा मन्त्री श्रेष्ठको राजीनामा


बुधबार, असार १६ २०७८
500
Shares


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌ली समूहका नेताहरूले नै शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागेका छन्।

बुधबार बालुवाटारमा भएको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठबारे केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री श्रेष्ठबारे प्रश्न गरेका हुन् ।

जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् ।

मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार