गोरखा । जातिय भेदभाव विरुद्ध गोरखाका विद्यार्थी संघगठनहरुले आवाज उठाएका छन् । मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै गोरखाका ४ विद्यार्थी संघ संघठनहरुले जातभातका नाममा हुने हिंसा र विभेद अन्त्य गर्नुपर्ने बताएका हुन् ।
जातिय समानताको पक्षमा भएका आन्दोलनहरुमा आफ्नो पनि ऐक्यवद्धता रहेका जनाएको छ । नेपाल विद्यार्थी सघंका जिल्ला अध्यक्ष सुबास अधिकारी, समाजवादी विद्यार्थी युनियनका संयोजक मिलन न्यौपाने, अनेरास्ववियुका अध्यक्ष सचिन भट्टराई र अनेरास्ववियू क्रान्तिकारीका इन्चार्ज रामकृष्ण भट्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा विद्यार्थीहरुको हकहितको कुरा पनि उठाइएको छ ।
‘लकडाउन अवधिको सम्पूर्ण शुल्क राज्यले वहन गरी विद्यार्थीलाई शुल्क नथोपर्न माग गर्दछौं । मनपरी शुल्क थोपरिएमा निजी शैक्षिक संस्था विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं,’ उक्त विज्ञप्तीमा भनिएको छ ।
कोभिड महामारीको विकल्प खोप भएको हुँदा आम नागरिकलाई खोप ब्यवस्था गर्न जोडदार माग गरिएको छ । साथै विद्यार्थी र शिक्षकलाई तत्काल कोभिड विरुद्धको खोपको ब्यवस्था गरी शैक्षिक संस्था सञ्चालनको वातावरण तयार गर्न पनि माग गरिएको छ ।