• आइतबार, असोज ११ २०८३

कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई २५ हजार दिने


मंगलबार, असार १५ २०७८
945
Shares


काठमाडौं । नेपाली कांग्रेसले बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई २५ हजार रुपैयाँ दिने भएको छ ।

असार ४ को केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई आर्थिक सहयोग दिन लागेको हो।

केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका अनुसार मृतकका परिवारलाई २५ हजार रूपैयाँ राहत दिने निर्णय भएको छ।

कांग्रेसले २०७८ वैशाखदेखि बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई सहयोग गर्न लागेको हो। उक्त रकम छिट्टै मृतकका परिवारलाई दिइने बस्नेतले निकालेको विज्ञप्तिमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार