काठमान्डौं । भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले प्रदेश (१) को प्रदेशसभा वैठक अवरुद्ध गरेको छ ।
आइतबारको प्रदेशसभा बैठकमा मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहनबहादुर खड्कालाई व्यक्तिगत गालीगलौच गरेको भन्दै माफी माग्न माग गरेको हो ।
माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार दिउँसो १२ बजेसम्मका लागि स्थगित गरेका छन् ।