• बुधबार, साउन १३ २०८३

विपक्षी गठबन्धन निकट ५ विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा


सोमबार, असार १४ २०७८
615
Shares

काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले असार ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संयुक्त संघर्ष समितिको संयन्त्र सबै प्रदेश र जिल्लाहरुमा निर्माण गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार