• आइतबार, असोज ११ २०८३

राष्ट्रपतिले गरिन् संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त, लोकसेवाको अध्यक्षमा रेग्मी


बिहिबार, असार १० २०७८
870
Shares


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन्।

लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन्।

राष्ट्रपतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग लगायतका संवैधानिक निकायमा २० जना पदाधिकारीलाई नियुक्त गरेकी हुन्।

वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले उनीहरूलाई विभिन्न पदमा सिफारिस गरेको थियो।

प्रधानमन्त्री ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर राणा उपस्थित परिषदको बैठकले सिफारिस गरेको थियो। ‍

उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित थिएनन्।

उनीहरूको सिफारिसपछि संसदीय सुनुवाइ हुनुपर्थ्यो तर अहिले संसद नभएकाले सुनुवाइ हुन सकेन।

संसदीय सुनुवाइ नभएपछि सिफारिस भएको ४५ दिनपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्न सक्ने प्रावधान छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार