• बुधबार, साउन १३ २०८३

उपेन्द्र यादव पक्षीय सांसदलाई महन्थ ठाकुर पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण


मंगलबार, असार ८ २०७८
1.1K
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले लुम्बिनी प्रदेशमा उपेन्द्र यादव पक्षीय दुई प्रदेश सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष ठाकुरको तर्फबाट एक विज्ञप्ति जारी गरी प्रदेश सांसद सहसराम यादव र पुरमति ढेंगामगरलाई स्पष्टीकरण सोधिएको बताइएको छ ।

जसपा लुम्बिनी प्रदेश संसदीय दलमा ६ जना सदस्य रहेकोमा संसदीय दलले ह्वीप जारी गर्ने गरी गरेको निर्णय विपरित ह्वीप उल्लघंन गर्ने सहसराम यादव र पुरमति ढेंगामगरलाई कारवाही गर्न प्रदेश संसदीय दलका सचेतक कल्पना पाण्डेले पत्राचार गरी जानकारी गराए अनुसार उनीहरुलाई राजनीतिक दल सम्बन्धी ऐन तथा पार्टीको विधानअनुसार २४ घण्टे स्पष्टीकरण सोधिएको उल्लेख गरिएको छ ।

यादव पक्षले सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे तथा सुमन शर्मा रायमाझीलाई स्पष्टिकरण सोधेपछि ठाकुर पक्षले पनि कारबाहीको डण्डा चलाएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार