• बुधबार, साउन १३ २०८३

भीमसेन थापालाई जसपाको सुझाव


सोमबार, असार ७ २०७८
845
Shares

गोरखा । जनता समाजबादी पार्टी भीमसेन थापा गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । बजेट निर्माणको तयारीमा रहेको उक्त गाउँपालिकालाई जसपाले १९ बुँदे सुझाव दिएको हो ।

उक्त पार्टीका गाउँपालिका संयोजक रोहिणी पाण्डे (रोहित) र सचिव डिलबहादुर आलेले आइतबार गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेलाई १९ बुँदे लिखित सुझाव दिएका हुन् । सुझाव पत्रमा योजना तर्जुमा कार्यक्रमलाई सर्वपक्षीय बनाउन, वडा स्तर देखि नै राजनीतिक दल र समाजका अन्य क्षेत्रलाई पनि समेट्न आग्रह गरिएको छ ।

कोरोना नियन्त्रण र विपद् व्यवस्थापनका लागि उच्चस्तिरिय राजनितिक संयन्त्र बनाउन माग गरिएको छ । एक टोल एक उत्पादन एक वडा एक कृषि सहकारी, एक किसान एक कृषि तथा पशुपन्छी फर्म जस्ता कार्यक्रमहरु बजेट मार्फत ल्याउन जसपाले गाउँपालिकालाई सुझाव दिएको छ । वडा कार्यालयसम्म जाने सडक वर्षैभरी चल्ने गरी मर्मत गर्न पनि माग गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार