• आइतबार, असोज ११ २०८३

नयाँ पार्टी बनाउने आँट गरौं : बाबुराम भट्टराई


आइतबार, असार ६ २०७८
590
Shares


पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याएका छन्।

उनले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताए।

भट्टराईले आज ट्वीट गर्दै समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन् भने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन्।

‘भनिन्छ— टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिरदलरनेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु!’

उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए। ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार