• बुधबार, साउन १३ २०८३

नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख


शुक्रबार, असार ४ २०७८
645
Shares

काठमाडौं। दिल्लीमा उपचारत नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधारोन्मुख बनेको छ ।

पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् ।

खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालयले जनाएको छ ।

अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार