• बुधबार, साउन १३ २०८३

गण्डकीमा मुख्यमन्त्री पाेखरेलले पाए विश्वासको मत


शुक्रबार, असार ४ २०७८
750
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभामा विश्वासको मत पाएका छन्।

मतदानमा ५८ जना सांसद उपस्थित हुँदा उनको प्रस्तावको पक्षमा ३१ मत परेको थियो भने विपक्षमा २७ मत पर्यो।

शुक्रबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्।

५९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३० मत आवश्यक पर्नेमा उनको पक्षमा ३१ मत खसेको छ।

प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पार्टी कारबाहीमा परी पदमुक्त भएका छन् भने सभामुखले बराबर मत भएको अवस्थामा बाहेक मतदानमा सहभागी नहुने व्यवस्था छ।

उनलाई नेकपा एमाले बाहेकका दलले मत दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार