• बुधबार, साउन १३ २०८३

बूढीगण्डकी पसेर घरबार बिहिन बनेका सल्लेरीवासीलाई पराजुलीकाे ‘ओत’


बिहिबार, असार ३ २०७८
735
Shares

गोरखा । म‌ंगलबार राती बूढिगण्डकी नदी पसेर घरबार बगाएका सल्लेरीका पिडितलाई राहत वितरण गरिएकाे छ ।

हालसम्म सडक सञ्जाल नजाेडिएकाे चुमनुब्री गाउँपालिकामा पर्ने सल्लेरीका बाढीपिडितलाई जनता समाजवादी पार्टीका गोरखा उपाध्यक्ष समेत रहेका राजेन्द्र पराजुलीले राहत सामाग्री सहयाेग गरेका हुन ।

बिहिबार सिम्रिक एयरको हेलिकोप्टर चार्टर गरी सापकाेटा साे गाउँमा राहत वितरण गर्न पुगेका हुन । उनले सल्लेरीबासीलाई ४० थान त्रिपाल, तीनरोल म्याट्रेस, २८ बाकस चाउचाउ, दुईहजार थान मास्क सहयाेग गरेका छन् ।

अबिरल बर्षापछिको बूढीगण्डकीमा आउकाे बाढीले सल्लेरी गाउँका सुन्दर गुरुङ, सूर्य गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको थियो भने नेपाली सेनाकाे बेस क्याम्पसहित गाउँका अन्य घर जाेखिममा पारेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार