• आइतबार, असोज ११ २०८३

मन्त्री मनाङेलाई कारबाही गर्न राखेपको माग


मंगलबार, असार १ २०७८
650
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई कारबाहीको माग गरेको छ।

राखेपले सोमबार विज्ञप्ति जारी गर्दै प्रदेश मन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारबाहीको माग गरेको हो।

खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगतको अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार