राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारेका छन्।
प्रदेश सरकारमा पार्टी सहभागी नहुने तर सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने केसीले बताए।
अध्यक्ष केसीले आइतबार एक वक्तव्य जारी गरी ‘प्रतिगमनको मतियार बनेको’ गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धनलगायत सबैलाई बधाई समेत दिएका छन्।
तर जनमोर्चाले नयाँ सरकारलाई समर्थन रहने भने स्पष्ट पारेको छ।