• आइतबार, असोज ११ २०८३

कांग्रेस महाधिवेशन भदौ १६ बाट


शनिबार, जेष्ठ २९ २०७८
675
Shares


काठामडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गते सम्म गर्ने निर्णय गरेको छ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो। यस अघि महाधिवेशनको मिति भदौ ७ लाई तय भएको थियो।

यो प्रस्तावलाई केन्द्रीय समितिमा लगिने सहमहामन्त्री प्रकाशशरण महतले बताए।

असार २० गतेसम्म क्रियाशील सदस्यताको छानविन गरेर टुंग्याउने निर्णय भएको सहमहामन्त्री महतले बताए।

असार २४ गतेसम्म क्रियाशील सदस्यता सार्वजनिक गरिने बताए।साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार