गोरखा । ३१ जना साँसद उपस्थित गराउन जनता समाजवादी पार्टीका साँसद हरिशरण आचार्यले पृथ्वी सुब्बा गुरुङलाई चुनौती दिएका छन् ।
नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जसपा र जनमाेर्चासहितकाे गठबन्धनले ३१ जना नै साँसद स्वयम उपस्थित भएर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दावी गरिसकेको अवस्थामा एमालेबाट पृथ्वीसुब्बा गुरुङले समेत मुख्यमन्त्रीमा दावी गर्नु हास्यास्पद रहेको आचार्यले बताए ।
गुरुङले ३१ जना साँसद उपस्थित गराउन सके अबिर र फुलमाला आफैले लगाइदिएर पुनः मुख्यमन्त्री मान्न तयार रहेको समेत जिकिर गरे ।
संसदीय दलका नेता समेत रहेका उनले पृथ्वीसुब्बा गुरुङले जसपाको समर्थनसहितको पत्र प्रदेश प्रमुखलाई बुझाएको भन्नु अराजनैतिक कार्य भएको टिप्पणी गरे ।
सिभिलखबरसंगको कुराकानीमा आचार्यले भने ‘यो मुलुक उल्टो ढंगबाट चल्यो, अराजनैतिक प्रकृयामा गयो, यसका बिरुद्ध अब नयाँ आन्दोलनको आवस्यकता छ ।’
विस्वासको मत गुमाएका मुख्यमन्त्री गुरुङले पुनः त्यहि पदमा दावी गर्नु असंवैधानिक रहेको उनको तर्क छ ।