• आइतबार, असोज ११ २०८३

मुख्यमन्त्रीमा एमालेकाे समेत दावी, प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना


शनिबार, जेष्ठ २९ २०७८
625
Shares

गोरखा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

गठबन्धनका सबै ३१ जना सांसद प्रदेश प्रमुख सीता पौडेलको सरकारी निवासमा पुगेर धर्ना दिएका हुन्।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् ।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार