• बुधबार, साउन १३ २०८३

गण्डकीमा मुख्यमन्त्रीसहित ३ मन्त्रीको सपथ तयारीमा बिपक्षी दल !


शनिबार, जेष्ठ २९ २०७८
865
Shares

पोखरा । गण्डकी प्रदेशमा बहुमतसहित विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी पेश गरिसकेको छ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत गुमाए पछि शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चाको समर्थनमा कृष्णचन्द्र पोखरेलले दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख सीता पौडेलले आज ३ बजेभित्र बोलाउने भन्दै उनीहरुलाई फिर्ता पठाएकी थिइन्।

तर मुख्यमन्त्री नियुक्तबारे अहिलेसम्म कुनै सूचना नआएको एक सांसदले बताए।

कांग्रेससहितको गठबन्धन आज मुख्यमन्त्रीसहित ३ जना मन्त्रीलाई सपथ गराउने तयारीमा छ।

जसमा माओवादी केन्द्रका १ र जसपाका १ जना रहने जनाइएको छ।

माओवादीबाट दीपक कोइराला या रामजी बरालमध्ये एक जनाले सपथ लिने छन् भने जसपाबाट हरिशरण आचार्य मन्त्री बन्ने निश्चित छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार