• आइतबार, असोज ११ २०८३

गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दाबी, प्रदेश प्रमुख समक्ष बुझाए बहुमत सांसदको हस्ताक्षर


शुक्रबार, जेष्ठ २८ २०७८
835
Shares


पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

आज अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर विपक्षी सांसदहरूले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा पौडेललाई नियुक्त गर्न दाबी पेश गरेका हुन्।

दाबी पत्र दर्तासमेत भइसकेको छ। मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरी ३१ जना सांसद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुपर्नेमा छन्।

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि सरकार ढलेको थियो। आज प्रदेश प्रमुखले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्दै शनिबार अपरान्ह ३ बजेसम्म समय दिएकी थिइन्।

6

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार