पोखरा । गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न २४ घण्टाको समय दिएर आह्वान गरेकी छन् ।
प्रदेश प्रमुख पौडेलले भोलि २९ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेकी हुन ।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो ।