• आइतबार, असोज ११ २०८३

नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ


बिहिबार, जेष्ठ २७ २०७८
725
Shares

काठमाडौं । आज नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्।

राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।

नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएको हो। आज प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका थिए।

यस्तै जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री भएका छन्। नैनकला थापा सञ्चार मन्त्री भएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, वन मन्त्रीमा नारदमुनि राना नियुक्त भएका थिए।

यस्तै कृषि मन्त्रीमा ज्वालाकुमारी साह, विना विभागीय मन्त्रीमा मोहन बानियाँ र वन राज्यमन्त्रीमा आशा विकले आज सपथ लिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार