काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन आज चार बजे शपथ ग्रहण हुने भएको छ ।
ओलीले एमाले, पूर्वमाओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन ।
गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त भएका छन । यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त भएका छन।