• आइतबार, असोज ११ २०८३

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, खगराज अधिकारी गृहमन्त्री


बिहिबार, जेष्ठ २७ २०७८
585
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्दै छन्। हाल सात वटा मन्त्रालयको जिम्मा आफैले लिएका ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् ।

खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन्। गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गर्न लागेका हुन्।

स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्। त्यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, नारदमुनी राना वनमन्त्री, मोहन बाँनिया विना विभागीय, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्।

नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार