• आइतबार, असोज ११ २०८३

कांग्रेसको महाधिवेशन भदौमै हुन्छ : देउवा


बुधबार, जेष्ठ २६ २०७८
875
Shares


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन्।

कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले क्रियाशील सदस्यता वितरणका काम सकिएको छैन।

अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य पुगेका छन्। कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने भनेको छ तर सिन्धुपाल्चोकलगायत जिल्लामा क्रियाशील सदस्यता वितरण नै भएको छैन।

यस्तो अवस्थामा पूर्वनिर्धारित समयमा महाधिवेशन हुन गाह्रो भएकोले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूले सभापति देउवालाई महामारीकै बीचमा पनि महाधिवेशन गर्न ध्यानाकर्षण गराइरहेका छन्।

सभापति देउवाले आज प्रेस विज्ञप्ति निकालेर भदौमै महाधिवेशन हुने प्रष्टाएका छन्।

‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु— भदौमा महाधिवेशन हुन्छ,’ देउवाले भनेका छन्।

देउवाले महाधिवेशनका लागि तयारी गर्नुपर्ने पनि उल्लेख गरेका छन्। देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार