• बुधबार, साउन १३ २०८३

काेराेना महामारीमा स्वास्थ्य सामाग्री बाेकेर गाउँ-गाउँ पुगे कांग्रेस सचिव न्यौपाने


मंगलबार, जेष्ठ २५ २०७८
675
Shares

गोरखा । काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षाका सामाग्रीसहित नेपाली काँग्रेस गोरखाका सचिव नन्द प्रसाद न्याैपाने गोरखाका बिभिन्न स्थानीय तहमा पुगेका छन् ।

काेराेना महामारीमा जनताकाे अवस्थाका बारे जानकारी लिन र संक्रमणबाट बचाउने बिभिन्न सुरक्षा सामाग्री लिएर उनि साेमबारदेखि गोरखाका बिभिन्न गाउँमा पुगेका हुन ।

जसमा साेमबार न्याैपानेले गण्डकी र शहिद लखन गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेकाे र स्थानीयसंग भेटघाट गरी वर्तमान अवस्थाका बारे जानकारी लिएकाे बताएका छन् ।

त्यस्तै मंगलबार जिल्ला प्रहरी कार्यालय गोरखा, सिरानचाेक र अजिरकाेट गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् ।

जसमा गण्डकी, सिरानचाेक र अजिरकाेट गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर सहयाेग गरिएकाे सचिव न्याैपानेले बताए । साे अक्सिजन कन्सनट्रेटर नेपाली काँग्रेसका केन्द्रिय सदस्य कमला पन्तकाे समन्वयमा प्राप्त भएकाे उनकाे भनाई छ ।

त्यस्तै मास्क सेनिटाईजरर अक्सिमिटर भने आफ्नै पहलमा ब्यवस्थापन गरेकाे उनले बताए ।

कोरोना संक्रमित सर्वसाधारण नागरिकको सहज उपचार होस् भन्ने उद्देश्यले ति पालिकाको स्वास्थ्य संस्थामा रहने गरी कन्सनट्रेटर सहयोग गरिएको काँग्रेस सचिव न्यौपानेले बताए ।

साथै उनले जिल्ला प्रहरी कार्यालयसहित शहीलदलखन, गण्डकी, अजिरकोट, सिरानचोक लगायतका गाउँपालिका साथै त्याहा रहेका स्वास्थ्य चौकी, वडा कार्यालय, पार्टी संगठन लगायत स्थानीयलाई माक्स, सेनिटाईजर, अक्सिमिटर समेत सहयाेग गरिएकाे बताइएकाे छ।

‘म सामान दिन मात्रै गाउँ गाउँ गएकाे हाेइन, त्याहाका जनताकाे पिर मर्का र समस्याका साथै आवस्यकता बुझ्न पनि गएकाे हुँ’ सचिव न्याैपानेले भने ‘मेराे अधिकाशं स्थानीय तहमा पुग्ने याेजना छ ।’

साथै उनले स्थानीय तहले काेभिड ब्यवस्थापनमा गरेकाे तयारीका बारे समेत जानकारी लिएकाे बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार