काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने बताए । ‘अदालतले पनि हेर्ने भनेको संविधान नै हो। संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न मिल्दैन,’ उनले भने।
उनले प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवका साथै राष्ट्रिय जनमोर्चा पनि रहेको बताएका थिए।