• आइतबार, असोज ११ २०८३

गण्डकीमा जनमोर्चाका सांसद थापालाई नहटाउन सर्वाेच्चकाे आदेश


आइतबार, जेष्ठ २३ २०७८
945
Shares

पोखरा । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पदबाट हटाउने निर्णयविरुद्ध आन्तरिम आदेश दिएको छ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले यस्तो आदेश जारी गरेको हो।

थापालाई मुद्दाको अन्तिम किनारा नलागेसम्म उनको गण्डकी प्रदेश सभा सदस्य पद रिक्त गर्ने गरी भएका निर्णय तथा सो सम्बन्धी पत्राचार, सूचना, जानकारीसमेत कार्यान्वयन नगर्न आदेशमा भनिएको छ।

थापालाई प्रदेश सभा बैठकमा नियमितरुपमा भाग लिन र सो हैसियतमा मतदान गर्ने, मत प्रकट गर्ने कार्यमा बन्चित नगराउन आन्तरिम आदेशमा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार