जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । उनी हाल प्रदेश २ का मुख्यमन्त्री समेत हुन् ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएको एक वर्षपछि संसदीय दलको नेतामा पूर्व समाजवादी पार्टीबाट राउतलाई दलको नेतामा चयन गरिएको हो ।

जसपाका कुल ५५ सांसदमध्ये ३६ जनाले राउतको समर्थनमा हस्ताक्षर गरि उनलाइ दलको नेतामा चयन गरेका हुन ।