• बिहिबार, साउन १४ २०८३

साँसद दवाडीले गोरखाका ३ पालिकाका बिभिन्न वडामा स्वास्थ्य र पाैष्टिक सामाग्री सहयाेग


आइतबार, जेष्ठ २३ २०७८
655
Shares

गोरखा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले गोरखाका ३ पालिकाका बिभिन्न वडामा स्वास्थ्य र पाैष्टिक सामाग्री सहयाेग गरेका छन् ।

काेराेना भाइरसकाे संक्रमणबाट स्थानीय बासिन्दालाई जाेगाउन साँसद दवाडीले गोरखाकाे सिरानचाेक, अजिरकाेट र बारपाक सुलिकाेट गाउँपालिकाका बिभिन्न वडामा स्वास्थ्य र पाैष्टिक सामाग्री वितरण गरेका हुन ।

उनका अनुसार स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्टेटर,अक्सिमिटर, मास्क, सेनिटाइजर लगायत रहेकाे र पाैष्टिक आहारमा अण्डा, भिटामिन सि, भिटामिन डीका चक्की लगायतका सामाग्री वितरण गरिएकाे छ ।

बिहिबार बारपाक सुलीकोटको वडा नं. ४ को कोलस्वाँरा, वडा नं. ३ को गम्बाङ र ठोट्नेरीमा सामग्री वितरण गरेका उनले शनिबार सिरान्चोक ३ काे हर्मी, सिरान्चोक-२ थालाजुङ, अजिरकोटका बिभिन्न वडाहरु, बारपाक सुलिकोट वडा नम्बर ३ खार्चोक भञ्ज्याङ् , वडा नम्बर ४ सौरपानी, वडा नम्बर- ८ पन्द्रुङमा स्वास्थ्य सामाग्री र पाैष्टिक सामाग्री वितरण गरेका छन् ।

साे सामाग्री सांसद दवाडीले आफ्नो नीजि खर्च र डा.सितल अधिकारी, प्रताप देवकोटा, बिनोद ढकाल लगायतकाे सहयाेगमा खरिद गरी वितरण गरेकाे बताएका छन् ।

काेराेना भाइरसकाे संक्रमण बढ्न थालेसंगै आफु आफ्नाे निर्वाचन क्षेत्र गोरखा १ काे प्रदेश ख का अधिकांश स्थानमा स्वास्थ्य सामाग्री लिएर पुगेकाे उनकाे भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार