• बिहिबार, साउन १४ २०८३

मुख्यमन्त्री गुरूङद्धारा जेठ २७ गते विश्वासको मत लिन प्रस्ताव


शनिबार, जेष्ठ २२ २०७८
780
Shares


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले यही जेठ २७ गते विश्वासको मत लिन प्रस्ताव गरेका छन्।

प्रदेश सभा सञ्चालन गर्न शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले उक्त प्रस्ताव राखेका हुन्।

वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरूङले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

विश्वासको मत लिन सरकार पक्षले राखेको प्रस्तावमा विपक्षी दलले असहमित जनाएका छन्। प्रदेश सभाको चालु बजेट अधिवेसन अघि बढाउन सरकारले पहिला विश्वासको मत लिनुपर्ने अडान राख्दै आएका विपक्षी दलले विश्वासको मत पनि छिट्टै लिनुपर्ने माग गरेका हुन्।

प्रदेश सरकारले जेठ १७ गते संसदमा टेबल गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामा समेत विपक्षी दलका सांसदले सुझाव दिएका थिएनन्।

अर्थमन्त्री किरण गुरुङले शुक्रबार बजेटका सिद्धान्त र प्राथमिकता माथिकाले छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो।

दलहरुवीच सहमति नभएपछि आइतबारका लागि तोकिएको संसद बैठक स्थगित हुने सभामुख नेत्रनाथ अधिकारीले बताए।

संसद बैठक कहिले बोलाउने भन्नेबारे मुख्यमन्त्री गुरूङसहित दलहरुसँग छलफल गरेर सहमति भएपछि बोलाउने अधिकारीले बताए ।

उनका अनुसार सरकारले विश्वासको मत लिनुभन्दा २ दिनअघि नै संसदमा सूचना दिनुपर्ने कानुनी प्रावधान छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार