• बिहिबार, साउन १४ २०८३

प्रधानमन्त्रीले सक्ने जति गर्छु भन्नु भएको छ : महन्थ ठाकुर


शनिबार, जेष्ठ २२ २०७८
675
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री लिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । शनिबार नवनियुक्त मन्त्रीलाई शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले आन्दोलनका क्रममा जेल परेका साथीहरु पनि छुट्ने बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सक्ने जति गर्ने बचन दिनु भएको छ,’ उनले भने, ‘माग सम्बोधनको एउटा प्रक्रिया सुरु भएको छ।’

जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले पार्टीमा अहिले विभाजित मनस्थिति देखिएपनि अधिकांश नेता कार्यकर्ता आफूहरुतिर रहेको दाबी गरे ।

उनले अघि भने, ‘जसपा हाम्रो हो, हाम्रो रहन्छ । समय आएपछि निर्वाचन आयोगमा पनि आफ्नो मान्यता स्थापित गर्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार