• बिहिबार, साउन १४ २०८३

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे


शुक्रबार, जेष्ठ २१ २०७८
805
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्माले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका छन्।

अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन्।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन्।

जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन्।

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

प्रधानमन्त्री ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन्।

उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ।

ओलीले रघुवीर महासेठलाई परराष्ट्रमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन्।

यसअघि प्रदीप ज्ञवाली परराष्ट्र र हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री थिए। महासेठ र तामाङ यसअघि पनि ओली सरकारमा मन्त्री भइसकेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार