• बिहिबार, साउन १४ २०८३

बिष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्दै, ईश्वर पोखरेल बाहिरिने


शुक्रबार, जेष्ठ २१ २०७८
770
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।

उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।

शुक्रबार साँझ उनले जनता समाजवादी पार्टीको महन्थ—राजेन्द्र समूहसहितका मन्त्रीहरूलाई सपथ खुवाउन लागेका छन्।

महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्ने भएका छन्।

जसपा नेताहरू सरकारमा सहभागी हुने भएपछि ओलीले मन्त्रिपरिषद हेरफेरसमेत गर्न लागेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार