• बुधबार, साउन १३ २०८३

पत्रकार बन्न जाँच लिने प्रतिष्ठान गठन गर्दै सरकार


शुक्रबार, जेष्ठ २१ २०७८
630
Shares


काठमाडौं । सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ।

सरकारका प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन आदेश २०७८ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका हुन्।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गुरुङले पत्रकारलाई जाँच लिने निकाय गठनलाई ‘मचेन्जर’ भएको टिप्पणी गरे।

‘कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उत्तीर्ण गर्न जरूरी भएजस्तै पत्रकारिता क्षेत्रमा प्रवेश गर्नका लागि सरकारी मान्यताको प्रशिक्षण केन्द्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गठन आदेश २०७८ लाई अर्थ मन्त्रलायमा गठन आदेश पठाइएको छ,’ मन्त्री गुरुङले भने।

उनले सरकारको कार्यक्रम ऐतिहासिक भएको दाबी गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार