• बुधबार, साउन १३ २०८३

गण्डकी प्रदेशमा जनमोर्चाले निष्काशित गर्‍यो सांसद थापालाई


बिहिबार, जेष्ठ २० २०७८
595
Shares

पोखरा । गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापा संसद सदस्यबाट निष्काशित भएका छन्।

उनलाई दलबाट निष्कासन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए ।

संसद सचिवालयका अनुसार सांसद थापालाई संसदबाट निष्काशन गरेको सूचना बिहिबार नै प्रकाशन हुने छ।

थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिए ।

सांसद थापाले काँग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले पार्टी साधारण सदस्यबाट समेत हटाएको थियो।

६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार